शनिबार, मंसिर ८ गते २०८१    
images
images

बढ्दा बढ्दै माथिल्लो तामाकोशीको सेयर मूल्य किन घट्यो, कतिसम्म पुग्ला? 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
images
बढ्दा बढ्दै माथिल्लो तामाकोशीको सेयर मूल्य किन घट्यो, कतिसम्म पुग्ला? 
images
images

काठमाडौं- दोस्रो बजारमा माथिल्लो तामाकोशीको सेयरको चर्चा हुन थालेको दुई वर्ष हुँदैछ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो।

images
images
images

४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा गएको थियो। दोस्रो तीन महिनामा पनि नाफामा जाने निश्चित छ। कम्पनीको सेयर मूल्य भने केही दिन यता घटेको छ। साताको अन्तिम दिन बिहीबार १५.१० रुपैयाँले घटेर प्रतिकित्ता ७५०.९० रुपैयाँमा कारोबार भएको थियो। 

images

पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य अधिकतम ९६२.५० रुपैयाँसम्म कारोबार भएको थियो भने ४७१ रुपैयाँमा न्यूनतम कारोबार भएको थियो। कम्पनीको सेयरमूल्य बीचमा घटेर पुनः बढेको थियो। अहिले पुनः बढीरहेको सेयरमा केही करेक्सन आउँदा सेयर मूल्य केही घटेको छ।

images
upper.png

दोस्रो त्रैमासको प्रतिवेदनमा समेत वित्तीय विवरण सकारात्मक आउने निश्चित भएकोले पुनः सेयर मूल्यमा उतारचढाव आउने पक्का रहेको छ। विश्लेषकहरूले कम्पनीको सेयर मूल्य कम्तीमा १००० भन्दा माथि पुग्ने बताउँदै आएका छन्। 
 
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा ८६ करोड १९ हजार ३७ रुपैयाँ नाफा कमाएको हो। गत वर्षको सोही अवधिमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। गत असार मसान्तसम्म कम्पनीको नोक्सानी ५ करोड २४ लाख रुपैयाँ थियो। 

कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य आम्दानी बापत ६७ हजार ८८४ रुपैयाँ आम्दानी गरेको छ। 

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँ पुगेको छ। कम्पनीको १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। भने ७९ अर्ब ५२ करोड रुपैयाँ बजार पुँजीकरण पुगेको छ। 


प्रकाशित : आइतबार, माघ २३ २०७८०१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend