शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट जेठ १० देखि, ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता हुने अपेक्षा

images
बुधबार, वैशाख ३ २०८२
images
बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट जेठ १० देखि, ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता हुने अपेक्षा

कार्यक्रममा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को औपचारिक घोषणा गरेको छ।

images
images
images

'बीआईटीएम २०२५' जेठ १० देखि १२ गतेसम्म आयोजना गरिनेछ। काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नाट्टाले उक्त घोषणा गरेको हो।

images
images

नेपाल पर्यटन बोर्ड र नाट्टाबीच आगामी बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ संयुक्तरूपमा आयोजना गर्ने सहमतिसहित दुई संस्थाबीच चैत २२ मा नै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यस सम्झौतापत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले हस्ताक्षर गरेका थिए।

images
images

उक्त कार्यक्रममा पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाकि वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने जानकारी दिइएको छ।

बीआईटीएम २०२५ आगामी २०८२ जेठ १० देखि १२ गतेसम्म काठमाडौं र लुम्बिनी-भैरहवामा भव्य रूपमा आयोजना गरिनेछ। कार्यक्रमको उद्घाटन समारोह, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंस्थित पाँचतारे होटेलमा सञ्चालन हुनेछ भने जेठ १२ गते लुम्बिनीमा बीटुबी सत्र, फ्याम ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह गरिने नाट्टाले जनाएको छ।

कार्यक्रममा १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरिदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलंकालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन्।

बीआईटीएम २०२५ मा ११ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन्। सहभागीहरूले २०८२ बैशाख २८ भित्र अनिवार्य दर्ता गर्नुपर्ने छ। २०८२ बैशाख १८ भित्र दर्ता गर्ने सहभागीहरूलाई 'अर्लिबर्ड' छुट उपलब्ध गराइएको छ।  

कार्यक्रमको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट बीआईटीएम नेपाल डटकम सार्वजनिक गरिएको छ। जहाँबाट सहभागीहरुले आफ्नो दर्ता प्रक्रिया सहजरुपमा सम्पन्न गर्न सक्नेछन्। वेबसाइटमार्फत कार्यक्रमको विस्तृत जानकारी, कार्यतालिका, सहभागीहरूको प्रोफाइल तथा प्रदर्शनी स्थानसम्बन्धी विवरणहरू प्राप्त गर्न सकिनेछ।

बीआईटीएम २०२५ का लागि प्लाटिनम, डाइमन्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेजहरू सार्वजनिक गरिएको छ, जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ।

पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने, 'नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौँ मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ। बीआईटीएम २०२५ जस्तो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको छु। यसले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ।'

यस्तै नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले भने, 'बीआईटीएम २०२५ नेपाललाई केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो। यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ।'

बीआईटीएम २०२५ नेपालको धार्मिक पर्यटन, विशेषतः बौद्ध सम्पदाको प्रवर्द्धनका लागि एक ऐतिहासिक अवसर सावित हुने विश्वास गरिएको छ। 


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend