मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखियो सुधार, ७ अर्ब २६ करोड रुपैयाँको कारोबार

बुधबार, वैशाख ३ २०८२
सेयर बजारमा देखियो सुधार, ७ अर्ब २६ करोड रुपैयाँको कारोबार

काठमाडौं- नयाँ वर्ष लागेसँगै सेयर बजारमा लगातार हरियाली देखिएको छ। २०८२ को पहिलो कारोबारमा मंगलबार उचाइ लिएको सेयर बजार बुधबार पनि बढेको छ। गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको दुई कारोबारले पनि सुखद संकेत गरेको हो।

यो वर्षको पहिलो कारोबारमा बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर बजार २६८९.२२ बिन्‍दुमा पुगेको सेयर बजार बुधबार पनि बढेको हो। बुधबार ७.०१ अंकले बढेर बजार २६९६.२३ बिन्दुमा पुगेको छ। १४७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ। 

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को उच्च बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइ पार गर्ने अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्। 


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend