आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

फागुनमा स्थिर देखिएको घरजग्गा कारोबारमा चैत महिनामा देखियो सुधार

images
मंगलबार, वैशाख २ २०८२
images
फागुनमा स्थिर देखिएको घरजग्गा कारोबारमा चैत महिनामा देखियो सुधार

ब्याजदर सस्तो हुँदा पनि घरजग्गाको मूल्य घटाएर किन्ने मुडमा लगानीकर्ता देखिँदा अझै पर्ख र हेरको अवस्था छ। जसका कारण घरजग्गा कारोबारमा अपेक्षाकृत सुधार हुन सकेको छैन।

images
images

काठमाडौं- घरजग्गा कारोबारमा गएको चैत महिनामा केही सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार ८ सय ३२ लिखत पास भएको छ। फागुन महिनामा स्थिर रहेको कारोबार चैतमा सुधारको संकेत देखिएको छ। 

images
images
images

फागुनमा देशभर ४६ हजार ६१ वटा घरजग्गा लिखत पास भएको थियो। गत माघमा ४६ हजार ६९ संख्यामा लिखत पास भएको थियो। गत पुसमा केही वृद्धि देखिको कारोबार माघ र फागुनमा स्थिर देखिएको थियो। देशभरका मालपोत कार्यालयहरूबाट पुसमा ४८ हजार १ सय ५६ लिखत पास भएको थियो।

images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा केही सुधार देखिएको हो। चैतमा ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ उठेको थियो। चालु आवमा सबैभन्दा धेरै राजस्व पुसमा ४ अर्ब ६३ करोड रुपैयाँ उठेको थियो।

images
images

बैंकहरूमा निक्षेप थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि कर्जा जान सकेको छैन। ब्याजदर सस्तो हुँदा पनि घरजग्गाको मूल्य घटाएर किन्ने मुडमा लगानीकर्ता देखिँदा अझै पर्ख र हेरको अवस्था छ। जसका कारण घरजग्गा कारोबारमा अपेक्षाकृत सुधार हुन सकेको छैन।

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मंसिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend