मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजारमा देखियो हरियाली

मंगलबार, वैशाख २ २०८२
नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजारमा देखियो हरियाली

काठमाडौं- नयाँ वर्ष २०८२ को पहिलो कारोबारमा सेयर बजारले उचाइ लिएको छ। गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको पहिलो कारोबारले पनि सुखद संकेत गरेको हो।

आज बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर बजार २६८९.२२ बिन्‍दुमा पुगेको छ। २१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३४ कम्पनीको सेयर मूल्य घटेको छ। 

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइको अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend