मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

२०८१ सालमा सुनको मूल्य : १ लाख ३४ हजार ५ सयदेखि कीर्तिमानी १ लाख ८६ हजारसम्म

सोमबार, वैशाख १ २०८२
२०८१ सालमा सुनको मूल्य : १ लाख ३४ हजार ५ सयदेखि कीर्तिमानी १ लाख ८६ हजारसम्म

२०८१ को अन्त्यमा भने सुनको  मूल्य ताेलामा करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो।

काठमाडौं- २०८१ सालमा सुनको मूल्यले लगातार कीर्तिमान कायम गरेको छ।

२०८१ बैशाख २ गते सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। २०८१ मै बैशाख ११ गते १ लाख ३५ हजार ५ सय रुपैयाँसम्म झरेको थियो। सोही बैशाख १९ गते तोलामा १ लाख ३४ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। 

२०८१ साल मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। २०८१ कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सरकारको उक्त निर्णयपछि मंसिर ११ गते १ लाख ४८ हजार ७ सय रुपैयाँसम्म झरेको थियो। 

२०८१ को अन्त्यमा चैत ३१ गते भने सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो। 

आज बैशाख १ गते नयाँ वर्षको सार्वजनिक बिदा परेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गरेको छैन। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा भौतिक रुपमा काँचो सुन खरिद गर्न पाइँदैन। गरगहना मात्रै बनाउन पाइने भएकाले यहाँ सुनमा लगानी गर्ने भनेको गरगहनामै हो। गरगहना बनाउँदा सुनको मूल्यमा ज्याला तथा जर्तीका रुपमा करिब १० प्रतिशत अतिरिक्त खर्च लाग्ने गर्छ। सोही कारण पछि बिक्री गर्दा जर्ती जाने भएकाले लगानी प्रयोजनका लागि नेपालमा सुन किनिँदैन। 


प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend