मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा बुलिस ट्रेण्ड सुरू भएको वर्ष, २०८२ मा रेकर्ड ब्रेक हुने अपेक्षा

आइतबार, चैत ३१ २०८१
सेयर बजारमा बुलिस ट्रेण्ड सुरू भएको वर्ष, २०८२ मा रेकर्ड ब्रेक हुने अपेक्षा

बुल लामो समय चल्ने भएकाले अघिल्लो बुलको ३२ सय बिन्दुको रेकर्ड ब्रेक नभए पनि २०८२ मा सेयर बजार राम्रो हुने संकेत देखिएको छ।

काठमाडौं- सेयर बजारका लगानीकर्ताका लागि वर्ष २०८१ सुखद् रह्यो। चार वर्षदेखि सुस्ताएको सेयर बजार २०८१ को सुरुवातदेखि नै सुधारमा देखियो। जसका कारण एक वर्षकै बीचमा सेयर बजार धेरै उतारचढावका बीच ६ सय ५६ बिन्दुले माथि पुगेको छ।

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन २६६२ बिन्दुमा बन्द भएको छ। आइतबार ८.६२ अंकले घटेर बजार बन्द भए पनि करोबार भने ६ अर्ब २८ करोड रूपैयाँको भएको छ।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले ३१९९.०३ को सर्वाधिक उच्च बिन्दुलाई पार गर्ने अपेक्षा लगानीकर्तामा थियो। तर त्यसपछि उतारचढावबीच बजारले ओरालो यात्रा लियो। २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अंकनजिक पुगेको थियो। जुन अहिलेसम्म ब्रेक भएको छैन।

उचाइको यात्रामा ब्रेक लागेर भदौ ३१ गते त सेयर बजार २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो।

यस्तै मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो। माघमा केही सुधार हुँदै अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा पुगेको बजारमा फागुनमा पनि सुधारकै निरन्तरता देखिएको थियो।

लामो समय स्थिर देखिएको बजार पुन चैतमा २८ सय बिन्दु पार गरेर पुनः घटेको थियो। विश्लेषकहरुले गत वर्षदेखि नै सेयर बजारमा बुल सुरु भएको बताउँदै आएका छन्। बुल लामो समय चल्ने भएकाले अघिल्लो बुलको ३२ सय बिन्दुको रेकर्ड ब्रेक नभए पनि २०८२ मा सेयर बजार राम्रो हुने संकेत देखिएको छ।

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९.०३ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा नयाँ वर्षसँगै ब्रेक हुने अनुमान गरिएको छ।


प्रकाशित : आइतबार, चैत ३१ २०८११५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend