शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नयाँ वर्षका लागि बैंकहरुले सार्वजनिक गरे ब्याजदर, तीन वाणिज्य बैंकले घटाउँदा अधिकांशको स्थिर

images
आइतबार, चैत ३१ २०८१
images
नयाँ वर्षका लागि बैंकहरुले सार्वजनिक गरे ब्याजदर, तीन वाणिज्य बैंकले घटाउँदा अधिकांशको स्थिर

सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंक लिमिटेडले दीर्घकालिन मुद्दती बचतको ब्याजदर घटाएका छन् भने अन्य अधिकांश बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

images
images

काठमाडौं- नयाँ वर्ष २०८२ का लागि वाणिज्य बैंकहरुले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वाणिज्य बैंकले घटाएका छन्।

images
images
images

सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंक लिमिटेडले दीर्घकालीन मुद्दती बचतको ब्याजदर घटाएका छन् भने अन्य अधिकांश बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

images
images

बैशाखका लागि नेपाल बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपको ब्यादजर घटाएर ५.१५ प्रतिशतमा ल्याएको छ।

images
images

यस्तै हिमालयन बैंकले ५.५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, एभरेष्ट बैंकले ५.६१ प्रतिशत, एनएमबि बैंकले ५.६ प्रतिशत, एनआईसी एसिया बैंकले ५.६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्।

यस्तै माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले पनि ६ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिएका छन्।

सानिमा बैंकले ५.९५ प्रतिशत ब्याजदर तोकेको छ। लक्ष्मी सनराइज बैंकले ५.७५  प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको ५.७५ प्रतिशत, नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत ब्याजदर मुद्दती निक्षेपमा दिने भएका छन्।

बैंकहरुले साधारण बचतमा ३ देखि ३.५ प्रतिशतको बीचमा रहेर ब्याजदर तोकेका छन्। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत तोकेर बैंकहरुको तरलता प्रशोचन गरिरहेकाले बैंकहरुले साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल नल्याएका हुन्।

बैंक प्रणालीमा अधिक तरलता र न्यून कर्जा लगानीले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब अधिक लगानीयोग्य रकम र २.५ खर्ब अधिक तरलता रहेको छ। जसले गर्दा बैंकहरुले निरन्तरतरुपमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउँदै आइरहेका छन्।

फागुन मसान्तसम्ममा बैंकहरुको औसत कर्जाको ब्याजदर ८.४४ प्रतिशतमा आइसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 


प्रकाशित : आइतबार, चैत ३१ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend