शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विपद्को एक वर्ष : आठ हजारभन्दा बढी घटनामा ७४५ जनाको मृत्यु

images
आइतबार, चैत ३१ २०८१
images
विपद्को एक वर्ष : आठ हजारभन्दा बढी घटनामा ७४५ जनाको मृत्यु
फाइल तस्बिर

विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन्।

images
images

काठमाडौं- गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो।

images
images
images

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार एक वर्षमा विपद्‌बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन्। कुल तीन अर्ब १३ करोड रूपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। 

images
images

कुन घटनामा कति मानवीय क्षति?

images
images

सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ। त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुंगा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ। पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन्। 

सबैभन्दा बढी आगलागीका घटना

विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन्। विसं २०८१ बैशाख १ देखि चैत २९ गतेसम्मको तथ्यांकअनुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन्। त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ। 

त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन्।

हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुंगा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। रासस


प्रकाशित : आइतबार, चैत ३१ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend