मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बुझ्दै अर्थमन्त्रीले भने - 'दराजमा सजाउन राखिँदैन'

शुक्रबार, चैत २९ २०८१
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बुझ्दै अर्थमन्त्रीले भने - 'दराजमा सजाउन राखिँदैन'

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।

काठमाडौं- उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बुझ्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिवेदन दराजमा सजाउन नराखिने बताउँदै यसमार्फत दिइएका सुझावअनुसार कामहरू अघि बढाउने बताएका छन्। 

'आयाेगको प्रतिवेदन दराजमा सजाउन राखिने छैन, राष्ट्रलाई आर्थिक क्षेत्रबाट माथि उठाउन प्रतिवेदन सहयोगी हुनेछ' उनले भने, 'सरकारले सुरु गरेकाे सुधारका कुरा पनि प्रतिवेदनमा राखिएकाेले ती विषय झनै सकारात्मक हुनेछ।'

विभिन्न समूह र व्यक्तिगत रुपमासमेत सुझाव लिएर प्रतिवेदन तयार पारिएकोले यसले सुधार सुरु हुने अपेक्षा रहेको अर्थमन्त्री पौडेलको भनाइ छ। 

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।

सरकारले दिएको कार्यादेशबमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि कार्य प्रारम्भ गरी शुक्रबार अन्तिम प्रतिवेदन बुझाएको हो। आयोगले यसअघि २०८१ पुस २४ गते तत्काल गर्नुपर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएको थियो।

 


प्रकाशित : शुक्रबार, चैत २९ २०८१०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend