मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सामान्य घट्यो सेयर बजार, आगामी साता पाउला वृद्धिको लय?

बिहीबार , चैत २८ २०८१
सामान्य घट्यो सेयर बजार, आगामी साता पाउला वृद्धिको लय?

काठमाडौं- यो साता लगातार ओरालोतिर लागेको सेयर बजारमा बुधबार सुधार देखिएकोमा बिहीबार पुन: सामान्य ओरालोतिर नै लागेको छ। 

गएको साता समग्रमा ४०.०८ अंकले बढेको बजार यो साताको पहिलो कारोबारमा सोमबार ३३.३३ अंक र दोस्रो कारोबारमा मंगलबार ३.४४ अंकले घटेको थियो। बुधबार ९.६६ अंकले बढेर बजार २६७६.२८ बिन्दुमा पुगेको बजार बिहीबार पुन: घटेको हो। 

बिहीबार ५.५७ अंकले घटेर बजार २६७०.७० बिन्दुमा झरेको छ। ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको बजारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ। आउने साता पनि बजारमा ठूलो फेरबदल नहुने विश्लेषकहरूको आँकलन छ।

लगानीकर्ताका विश्वास फर्किँदै जाँदा सुधारको सम्भावना भने देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , चैत २८ २०८११५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend