आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

आउटलेट विस्तारसँगै भाटभटेनीको व्यापार बढ्दो, साढे ४ वर्षमै गर्‍यो १ खर्ब २४ अर्ब आम्दानी

images
बिहीबार , चैत २८ २०८१
images
आउटलेट विस्तारसँगै भाटभटेनीको व्यापार बढ्दो, साढे ४ वर्षमै गर्‍यो १ खर्ब २४ अर्ब आम्दानी

आक्रामक बजार विस्तारमा रहेको भाटभटेनीले चालु आवकै ५ महिनामै १६ अर्ब ७९ करोड ३० लाखको कारोबार गरिसकेको छ।

images
images

काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनी विस्तारको कामलाई निरन्तरता दिँदै आएका छन्। जसरी आउलेट विस्तार भएको छ सोहीअनुसार उपभोक्ताको आकर्षण भाटभटेनीमा बढ्दो छ।

images
images
images

भाटभटनीको आक्रामक बजार विस्तालाई व्यापारले पनि साथ दिँदै आएको छ। भाटभटेनीको व्यापार निरन्तररुपमा बढिरहेको छ। पछिल्लो साढे चार वर्षमै भाटभटेनीले सवा खर्ब आम्दानी गरिसकेको छ।

images
images

आक्रामक बजार विस्तारमा रहेको भाटभटेनीले चालु आवकै ५ महिनामै १६ अर्ब ७९ करोड ३० लाखको कारोबार गरिसकेको छ।

images
images

आव ०८०/०८१ मा ३० अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो भने ०७९/०८० मा २८ अर्ब ७९ करोड ४० लाख रुपयाँको कारोबार गरेको थियो। साथै भाटभटेनीले ०७८/०७९ मा २६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ र ०७७/०७८ मा १९ अर्ब ९४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो।

भाटभटेनीको आउटलेट बढेसँगै कारोबार रकम पनि निरन्तररुपमा नै बढी रहेको छ। पछिल्लो चार वर्षमा नै भाटभटेनीले १ खर्ब २४ अर्ब ३ करोड ९० लाखको कारोबार गरेको छ।

भाटभटेनी सञ्चालक तथा मुख्य लगानीकर्ता गुरुङले देशभर २७ वटा आउटलेट सञ्चालनमा ल्याइसकेका छन् भने पोखरा र चितवनको टाँडीमा नयाँ आउटलेट निर्माणको क्रममा छन्। २ अर्ब लागतमा निर्माण हुने चितवनको आउटलेटमा फिलिम हल, फुड कोर्टदेखि प्ले ग्राउन्डसम्म हुने छ।

सन् १९९२ मा स्थापित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड नेपालको सबैभन्दा पुरानो र स्थापित सुपरमार्केट चेनमध्ये एक हो। जसले विभिन्न घरायसी उपभोग्य वस्तुहरू को कारोबार गर्दछ।

भाटभेनीमा गुरुङको ६० प्रतिशत सेयर रहेको छ भने श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत सेयर रहेको छ।

यसैगरी भाटभटेनीले सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन कामसमेत गरिरहेको छ। भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच सम्झौता भइसकेको छ।

२७ वटा सुपरमार्केटको स्थापना भइसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य गुरुङले लिएका छन्। भाटभटेनी वस्तु तथा व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा आन्तरिक राजस्व विभागबाट समेत सम्मानित भइसकेको छ।


प्रकाशित : बिहीबार , चैत २८ २०८११४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend