कालीकोट- वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-हुम्ला सडकखण्ड अवरुद्ध भएको छ। कालीकोटको रास्कोट नगरपालिका-८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ।
रास्कोट नगरपालिका-८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए। 'अहिले पहिरो पन्छाउने काम भइरहेको छ', उनले भने, 'आज नै सडक सञ्चालनमा आउँछ।' रासस