मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ महिनामा ३ खर्ब २१ अर्ब कर्जा प्रवाह, ब्याजदर ८.४ प्रतिशतमा झर्‍यो

बिहीबार , चैत २८ २०८१
९ महिनामा ३ खर्ब २१ अर्ब कर्जा प्रवाह, ब्याजदर ८.४ प्रतिशतमा झर्‍यो

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएपनि समीक्षा अवधिसम्ममा कुल ६ प्रतिशत हाराहारीले कर्जा विस्तार भएको छ।

काठमाडौं- चालु आर्थिक चैत २५ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रतर्फ ३ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। फागुन समान्तसम्मा करिब ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा दिएका बैंक तथा वित्तीय संस्थाहरुले चैतको २५ दिनमा थप १७ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएपनि समीक्षा अवधिसम्ममा कुल ६ प्रतिशत हाराहारीले कर्जा विस्तार भएको छ। गत वर्षको यसै अवधिको तुनलामा करिब १ खर्ब रुपैयाँले कर्जा लगानी बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा बढिरहेकाले कर्जा विस्तार लक्ष्यअनुसार हुन नसकेको हो। चालु आर्थिक वर्ष बैंकहरु चैतबाट असुलीतर्फ लागेकाले पनि यस महिना करिब १७ अर्ब हाराहारीमा मात्रै कर्जा लगानी भएको छ। 

खराब कर्जा बढेकाले बैंकहरुको प्राथमिक पुँजीकोषमा दबाब छ। क्यापिटल चार्ज लाग्ने भन्दै बैंकहरुले धमाधम कर्जा रोकेर असुलीमा ध्यान दिइरहेका छन्। जसले गर्दा पनि बैंकहरुले लक्ष्यअनुसार कर्जा लगानी गर्न नसकेका हुन्। 

अर्कोतर्फ अर्थतन्त्र अपेक्षितरुपमा सुधार हुन नसकेको छैन। सरकारले खर्च बढाउन सकेको छैन भने अर्थतन्त्रको माग बढेको छैन। बजार माग बढ्न नसक्दा बैंकहरुमा कर्जाको माग पनि बढ्न सकेको छैन। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ७ खर्ब ३ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ भने करिब २.५ खर्ब रुपैयाँ बैंकहरुसँग अधिक तरलता छ।

निक्षेप तथा कर्जाको ब्याजदर घटेर ९ प्रतिशतभन्दा पनि तल आइसकेको छ। फागुन मसान्तसम्ममा बैंकहरुको कर्जाको औषत ब्याजदर ८.४० प्रतिशतमा आएको छ। यस्तै निक्षेपको औषत ब्याजदर ४.५४ प्रतिशतमा झरेको छ। 


प्रकाशित : बिहीबार , चैत २८ २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend