आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भारतले बंगलादेशलाई बन्द गरिदियो ट्रान्ससिपमेन्ट सुविधा, निर्यातमा भारतीय भूमि प्रयोग गर्न रोक

नेपाल र भुटानमा असर नपर्ने भारतीय दाबी

images
बुधबार, चैत २७ २०८१
images
भारतले बंगलादेशलाई बन्द गरिदियो ट्रान्ससिपमेन्ट सुविधा, निर्यातमा भारतीय भूमि प्रयोग गर्न रोक

सीबीआईसीले २०२५ अप्रिल ८ मा जारी गरेको नयाँ परिपत्रअनुसार  २०२० को उक्त परिपत्रलाई तत्काल प्रभावबाट रद्द गरिदिएको छ। यस निर्णयसँगै, बंगलादेशी निर्यातकर्ताहरूले अब भारतीय भूमि प्रयोग गरी तेस्रो मुलुकहरूमा सामान पठाउन सक्ने छैनन्।

images
images

काठमाडौं- भारतले बंगलादेशलाई निर्यात गर्नका लागि आफ्ना भूमि प्रयोग गर्ने ट्रान्ससिपमेन्ट सुविधा रद्द गरेको छ। 

images
images
images

चालु आर्थिक वर्षको आठ महिनासम्म नेपालले बंगलादेशबाट तीन अर्ब रुपैयाँबराबरको वस्तु आयात गरि ४४ करोड रुपैयाँ बराबरको वस्तु बंगलादेश निर्यात गरेको छ। नेपालले आलु, मकै, बिस्कुट, गार्मेन्ट, जुस, ससेज, दालमोठ जस्ता वस्तुहरू बंगलादेशबाट आयात गरेको थियो। 

images
images

बंगलादेशबारेको उक्त निर्णयले भारतको भूभाग हुँदै नेपाल वा भुटान जाने बंगलादेशका निर्यातमा कुनै प्रभाव नपर्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले बताएका छन्। 

images
images

सन् २०२० को जुन महिनामा भारतले बंगलादेशलाई आफ्नो भूमि सीमाहरू हुँदै तेस्रो मुलुकहरूमा निर्यात गर्न ट्रान्ससिपमेन्ट सुविधा प्रदान गरेको थियो। यस सुविधाले बंगलादेशी निर्यातकर्ताहरूलाई भारतीय भूमि हुँदै भारतीय बन्दरगाहहरू वा विमानस्थलहरूमा सामान पठाउन अनुमति दिएको थियो। जसले ढुवानी समय र लागतमा कमी ल्याएको थियो।​

भारतीय केन्द्रीय अप्रत्यक्ष कर र सीमा शुल्क बोर्ड (सीबीआईसी) ले २०२५ अप्रिल ८ मा जारी गरेको नयाँ परिपत्रअनुसार  २०२० को उक्त परिपत्रलाई तत्काल प्रभावबाट रद्द गरिदिएको छ। यस निर्णयसँगै, बंगलादेशी निर्यातकर्ताहरूले अब भारतीय भूमि प्रयोग गरी तेस्रो मुलुकहरूमा सामान पठाउन सक्ने छैनन्। ​


प्रकाशित : बुधबार, चैत २७ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend