मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आयात बढ्न थालेसँगै स्थिरतातर्फ सञ्चिति, शोधनान्तर बचत ३ खर्ब १० अर्ब

बुधबार, चैत २७ २०८१
आयात बढ्न थालेसँगै स्थिरतातर्फ सञ्चिति, शोधनान्तर बचत ३ खर्ब १० अर्ब

काठमाडौं- नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चिति स्थिर हुँदै गएको देखाएको छ।

विगतमा आयात ऋणात्मक हुँदा सञ्चिति निरन्तररुपमा बढेको थियो। पछिल्लो समय आयातमा वृद्धि देखिएसँगै सञ्चिति स्थिर भइ घट्न सुरु गरेको छ।

फागुन मसान्तसम्ममा नेपालसँग १७ अर्ब २७ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। उक्त सञ्चितिले १४.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

माघ मसान्तमा सञ्चिति १७ अर्ब ५ करोड डलर थियो। २० करोड डलरले सञ्चिति बढेपनि आयातमा वृद्धि भएकाले सञ्चिति पर्याप्तता ०.०१ प्रतिशत बिन्दुले घटेको छ। 

यस अवधिमा नेपालको आयात ११.२ प्रतिशत र निर्यात ५७.२ प्रतिशतले बढेको छ। फागुन मसान्तसम्ममा नेपालको शोधनान्तर बचत ३ खर्ब १० अर्ब रुपैयाँले बचतमा रहेको छ। समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा छ।

फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनमा रेमिट्यान्स अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९.४ प्रतिशतले बढेको छ। माघ मसान्तसम्मा ९ खर्ब रेमिट्यान्स भित्रिएको थियो।  


प्रकाशित : बुधबार, चैत २७ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend