आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार

images
बुधबार, चैत २७ २०८१
images
सेयर बजारमा सामान्य सुधार, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- यो साता लगातार ओरालोतिर लागेको सेयर बजारमा बुधबार सुधार देखिएको छ। 

images
images
images

गएको साता समग्रमा ४०.०८ अंकले बढेको बजार यो साताको पहिलो कारोबारमा सोमबार ३३.३३ अंक र दोस्रो कारोबारमा मंगलबार ३.४४ अंकले घटेको थियो। 

images
images

बुधबार ९.६६ अंकले बढेर बजार २६७६.२८ बिन्दुमा पुगेको छ। ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ।

images
images

गएको साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ। 

लगानीकर्ताका विश्वास फर्किँदै जाँदा सुधारको सम्भावना भने देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, चैत २७ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend