शनिबार, असोज ५ गते २०८१    
images
images

अम्बानीलाई पछि पार्दै अर्का अर्बपति अडानी बने एसियाकै धनी

images
शनिबार, माघ २२ २०७८
images
images
अम्बानीलाई पछि पार्दै अर्का अर्बपति अडानी बने एसियाकै धनी

योसँगै अडानी विश्वकै १०औं धनी व्यक्तिको सूचीमा समेत पर्न सफल भएका हुन्।

images
images

काठमाडौं- भारतका व्यावसायी गौतम अडानी एसियाकै धीन व्यक्ति बनेका छन्। फोर्बस्का अनुसार बिहीबार अडानीको कुल सम्पत्ति ९० अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। 

images
images
images

योसँगै अडानी विश्वकै १०औं धनी व्यक्तिको सूचीमा समेत पर्न सफल भएका हुन्। अडानीले यसअघिका एसियाका धनी भारतकै मुकेश अम्बानीलाई पछि पारेका हुन्। अम्बालीको सम्पत्ति यसअघि १ सय अर्ब डर थियो तर अहिले ९० अर्ब डलरमाम सीमित भएको छ। 

५९ वर्षका अडानी जसले क्याम्पसको पढाई छाडेर १९८८ मा कमोडिटी व्यापार सुरु गरेका थिए। २००८ मा अडानी पहिलो पटक फोर्बस्को अर्बपति सूची परेका थिए। त्यति बेला उनको सम्पत्ति ९.३ अर्ब डलर थियो। 

अडानी समूहले हाल ऊर्जा उत्पादनदेखि तेल, कोइला तथा रियल स्टेटसम्मको व्यवसायमा संलग्न रहेको छ। अडानी समूहका ६ कम्पनी पुँजी बजारमा सूचिकृत छन्। ती मध्ये अडानी ग्रिन इनर्जी लिमिटेडको सेयर उल्लेख्य रुपमा बढेको हो। यो कम्पनीको सेयर २०२१ मा ७७ प्रतिशत बढेको थियो। 

images

२०२१ अप्रिलयता अडानीको सम्पत्ति ५०.५ अर्बबाट करिब दोब्बर भएको हो। यही अवधिमा अम्बानीको सम्पत्ति जम्मा ६.५ प्रतिशतमात्र बढेको हो। अम्बानीको रिलायन्स इन्डस्ट्रिजले तेल, रिटेल टेलिकमलगायत व्यवसाय गर्दै आएको छ। 


प्रकाशित : शनिबार, माघ २२ २०७८०९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend