मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने एडीबीको प्रक्षेपण, आगामी आर्थिक वर्ष ५.१ प्रतिशतले अर्थतन्त्र बढ्ने

बुधबार, चैत २७ २०८१
४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने एडीबीको प्रक्षेपण, आगामी आर्थिक वर्ष ५.१ प्रतिशतले अर्थतन्त्र बढ्ने

आगामी आर्थिक वर्ष विकसित राष्ट्रहरु सयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण छ भने जापानको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको छ।

काठमाडौं- एसियाली विकास बैंकले एसियाली डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै चालु आर्थिक वर्ष नेपालको ४.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। सन् २०२५ मा ५.१ प्रतिशतले वृद्धि हुने एसियाली विकास बैंकको दाबी छ।

कृषि क्षेत्रको उत्पादन बढेको, ब्याजदरमा आएको गिरावटले औद्योगिक लागतमा कमी आएको र उत्पादनमा भएको वृद्धिले उक्त वृद्धिदर हासिल हुने एसियाली विकास बैंकले जनाएको छ। 

यसका साथै जलविद्युत उत्पादन बढेको र निर्माण क्षेत्रसमेत सकारात्मक हुने एसियाली विकास बैंकले जनाएको छ। पर्यटक आगमनमा वृद्धिले होटल तथा यातायात क्षेत्र पनि चलायमान भएको एडीबीको भनाइ छ।

अमेरिकाले लगाएको पारस्परिक करका कारण एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२५ मा घट्ने प्रक्षेपण गरिएको छ। २०२४ मा ४.९ प्रतिशतको मोडरेड आर्थिक वृद्धिदर देखिएकोमा आगामी वर्ष ४.७ प्रतिशत हुने प्रक्षेपण एडीबीले गरेको छ।

यो वर्ष मुद्रास्फीति भने स्थिर रहने बताइएको छ। चिनियाँ मुद्रास्फीति दर यो वर्ष न्यून रहने प्रक्षेपण एसियाली विकास बैंकको छ। एसिया प्रशान्त क्षेत्रका केन्द्रीय बैंकहरुले नीतिगत दर न्यून बिन्दुमा नै राखेकाले मुद्रास्फीति तत्काल नबढ्ने प्रक्षेपण छ।

आगामी आर्थिक वर्ष विकसित राष्ट्रहरु सयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण छ भने जापानको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको छ। २०२४ मा अमेरिकाका आर्थिक वृद्धिदर २.४ प्रतिशत भनेकोमा २०२५ मा १.८ प्रतिशत मात्रै हुने भनिएको छ।

यस्तै जापानको आर्थिक वृद्धिदर २०२५ मा १.२ प्रतिशत पुग्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ


प्रकाशित : बुधबार, चैत २७ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend