बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

गभर्नरबाट अवकाश भएका महाप्रसाद अधिकारीको डलर मौज्दात २६ हजार ३ सयले बढ्दा अन्य सम्पत्ति कति बढ्यो?

images
मंगलबार, चैत २६ २०८१
images
गभर्नरबाट अवकाश भएका महाप्रसाद अधिकारीको डलर मौज्दात २६ हजार ३ सयले बढ्दा अन्य सम्पत्ति कति बढ्यो?

२०७६ चैतमा अधिकारीसँग २ हजार ३ सय २ डलर थियो। यो अहिले बढेर २०८१ को चैतसम्ममा २८ हजार ६ सय ८ डलर पुगेको छ।

images
images

काठमाडौं- आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी चैत २४ गते नेपाल राष्ट्र बैंकबाट अवकाश भएका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। २०७६ चैत र २०८२ चैतको सम्पत्ति विवरणलाई तुलना गर्दै राष्ट्र बैंकले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

images
images
images

विवरणअनुसार महाप्रसाद अधिकारीको डलर मौज्दात २६ हजारले बढेको छ। २०७६ चैतमा अधिकारीसँग २ हजार ३ सय २ डलर थियो। यो अहिले बढेर २०८१ को चैतसम्ममा २८ हजार ६ सय ८ डलर पुगेको छ। समग्रमा पाँच वर्षको अवधिमा पूर्वगभर्नर अधिकारीको डलर मौज्दात २६ हजार ३ सय ६ डलरले बढेको छ।

images
images

यसैगरी अधिकारीको सम्पत्तिमा गभर्नर हुनु अगाडि जेजति घर तथा जग्गा थियो त्यसमा अवकाश हुँदासम्म यथावत नै रहेको छ। नगद, सुन र चाँदी भने ५ लाख ३ हजार रूपैयाँबाट बढेर ९ लाख ८८ हजार रूपैयाँ बराबरको भएको छ।

images
images

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंक मौज्दात तथा सञ्चय कोषको रकम १३ लाख ८८ हजार ३ सय ६२ रूपैयाँबाट बढेर पाँच वर्षको अवधिमा २८ लाख ४४ हजार २ सय १२ रूपैयाँ पुगेको छ।

यसैरी म्युचुअल फण्डलगायत सुरक्षणपत्रमा भएको लगानी १ करोड ५७ लाख ९० रूपैयाँबाट बढेर १ करोड ८९ लाख ४९ हजार ९ सय ७३ रूपैयाँ भएको छ।

अधिकारीको खुद प्राप्त हुनुपर्ने रकम ६२ हजार ४ सय थियो। तर यस्तो रकम ऋणात्मक भएको छ। जुन रकम २४ लाख ९ हजार ९ सय २३ रूपैयाँ पुगेको छ।

सवारीसाधनको भ्यालु रकम १४ लाख ७७ हजार रूपैयाँबाट घटेर १० लाख ३ हजार रूपैयाँमा झरेको छ भने अन्य सम्पत्ति १४ लाख १० हजारबाट बढेर १५ लाख १० हजार रूपैयाँ पुगेको सम्पत्ति विवरणमा छ।

विवरणअनुसार समग्रमा डलरबाहेक अधिकारीको सम्पति ३ करोड ४५ लाख ९१ हजार ८ सय ५२ बाट बढेर ३ करोड ६९ लाख ३६ हजार २ सय ६२ रूपैयाँ पुगेको छ। बढेको सम्पत्ति २३ लाख ४४ हजार ४ सय १० रूपैयाँ हो। 

डलरलाई समेत नेपालीमा रुपान्तरण गर्दा अधिकारीको सम्पत्ति पाँच वर्षमा ६० लाख रूपैयाँ बढेको छ।


प्रकाशित : मंगलबार, चैत २६ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend