बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

चितवनमा चालु आवमा २७३ उद्योग दर्ता हुँदा २७९ उद्योग बन्द

images
मंगलबार, चैत २६ २०८१
images
चितवनमा चालु आवमा २७३ उद्योग दर्ता हुँदा २७९ उद्योग बन्द

उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका छन्।

images
images

चितवन- उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो। गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए।

images
images
images

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन्। कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन्।

images
images

उनका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन्। निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन्। यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए।

images
images

उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन्। वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए। उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन्। त्यसमध्ये नौ वटाले नामसारी गरेका छन् भने ३१ वटाले ठाउँसारी गरेका छन्। यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, चैत २६ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend