मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

३ अंकले घट्यो सेयर बजार, ५ अर्ब ३० करोड रुपैयाँको कारोबार

मंगलबार, चैत २६ २०८१
३ अंकले घट्यो सेयर बजार, ५ अर्ब ३० करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार ओरालोतिर लागिरहेको सेयर बजारमा गएको साता देखिएको सुधार निरन्तर हुन सकेन। यो साता पहिलो र दोस्रो कारोबारमा नै बजार ओरालोतिर लागेको छ। 

गएको साता समग्रमा ४०.०८ अंकले बढेको बजार यो साताको पहिलो कारोबारमा सोमबार ३३.३३ अंकले घटेको थियो। मंगलबार पनि ३.४४ अंकले घटेर बजार २६६६.६१ बिन्दुमा झरेको छ। ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको बजारमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ। १२३ कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ। लगानीकर्ताका विश्वास फर्किँदै जाँदा सुधारको सम्भावना भने देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, चैत २६ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend