मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आगामी वर्षको बजेट निर्माणले तीब्रता पाउँदै, अर्थले माग्यो सरोकारवालासँग सुझाव

मंगलबार, चैत २६ २०८१
आगामी वर्षको बजेट निर्माणले तीब्रता पाउँदै, अर्थले माग्यो सरोकारवालासँग सुझाव

सरकारले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणले गति लिन थालेको छ। अर्थ मन्त्रालयले आगामी बजेट निर्माणमा सरोकारवाला सबैसँग सुझाव मागेको छ। 

अर्थ मन्त्रालयले सूचना जारी गर्दै बजेटका लागि उपयुक्त हुने विषयहरुमा बैशाख मसान्तभित्र सुझाव उपलब्ध गराउन विभिन्न संघ संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकलाई भनेको छ।
 
मन्त्रालयको वेबसाइट वा इमेलमार्फत बजेटमा सुझाव पठाउन मन्त्रालयले आग्रह गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि राष्ट्रिय योजना आयोग, विषयगत मन्त्रालय, पूर्वसचिवहरु तथा बुद्धिजिवीहरुसँग छलफल गरिरहेको छ। 

सरकारले समेत हिउँदे अधिवेशन अन्त्य गरेर बजेट अधिवेश आह्वान गर्ने तयारी गरिरहेको छ। अर्थ मन्त्रालयले विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरी बजेटसम्बन्धी विभिन्न पुस्तिकाहरु निर्माणका लागि तयारीसमेत अगाडि बढाउन थालेको छ। 

सरकारले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ। 


प्रकाशित : मंगलबार, चैत २६ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend