मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

फेरि ओरालो लाग्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

सोमबार, चैत २५ २०८१
फेरि ओरालो लाग्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- लगातार ओरालोतिर लागिरहेको सेयर बजारमा गएको साता देखिएको सुधार निरन्तर हुन सकेन। यो साता पहिलो कारोबारमा बजार ओरालोतिर लागेको छ। 

गएको साता समग्रमा ४०.०८ अंकले बढेको बजार यो साताको पहिलो कारोबारमा सोमबार घटेको हो। सोमबार ३३.३३ अंकले घटेर बजार २६७०.०६ बिन्दुमा झरेको छ। २३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। २२१  कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ। लगानीकर्ताका विश्वास फर्किँदै जाँदा सुधारको सम्भावना भने देखिएको विश्लेषकहरू बताउँछन्। 

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, चैत २५ २०८११५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend