मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गभर्नर नियुक्तिमा ढिलाइ हुने संकेत, सरकारले तोक्यो निलम ढुंगानालाई कायममुकायम गभर्नर

सोमबार, चैत २५ २०८१
गभर्नर नियुक्तिमा ढिलाइ हुने संकेत, सरकारले तोक्यो निलम ढुंगानालाई कायममुकायम गभर्नर

अर्थ मन्त्रालयले निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नर तोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ हुने देखिएको छ।

काठमाडौं- अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बिदा भएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

अर्थ मन्त्रालयले ढुंगानालाई कामु तोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ हुने देखिएको छ। सत्तारुढ दलहरुबीच भागबन्डा नमिल्दा गभर्नर नियुक्ति प्रक्रियामा थप समय लाग्ने देखिएको हो।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनुभन्दा १ महिना अगाडि नै गभर्नर नियुक्ति गर्ने व्यवस्था गरे पनि भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको हो। 


प्रकाशित : सोमबार, चैत २५ २०८११३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend