मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

सोमबार, चैत २५ २०८१
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै विगत १.५ वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तररुपमा तरलता खिचिरहेको छ।

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्न बोलकबोल आह्वान गरेको छ। २३ दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो।

चैत २५ गते निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण बैशाख १७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै विगत १.५ वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तररुपमा तरलता खिचिरहेको छ।

निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम भएपछि बैंक प्रणालीमा ७ खर्बभन्दा बढी अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने सबै प्रकारको ब्याजदरहरु घटेर एकल अंकमा आएको छ। 

निक्षेप भारित औसत ब्याजदर समेत घटेर ५ प्रतिशतभन्दा न्यून बिन्दुमा आएको छ। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गरिरहेको छ। 


प्रकाशित : सोमबार, चैत २५ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend