बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

images
सोमबार, चैत २५ २०८१
images
images
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै विगत १.५ वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तररुपमा तरलता खिचिरहेको छ।

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्न बोलकबोल आह्वान गरेको छ। २३ दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो।

images
images

चैत २५ गते निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण बैशाख १७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै विगत १.५ वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तररुपमा तरलता खिचिरहेको छ।

images
images

निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम भएपछि बैंक प्रणालीमा ७ खर्बभन्दा बढी अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने सबै प्रकारको ब्याजदरहरु घटेर एकल अंकमा आएको छ। 

images
images

निक्षेप भारित औसत ब्याजदर समेत घटेर ५ प्रतिशतभन्दा न्यून बिन्दुमा आएको छ। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गरिरहेको छ। 


प्रकाशित : सोमबार, चैत २५ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend