सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

वस्तुमा लेवल राख्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसँग नाडाले गर्‍यो छलफल

images
शनिबार, चैत २३ २०८१
images
वस्तुमा लेवल राख्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसँग नाडाले गर्‍यो छलफल

डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्यसूचीलाई कसरी पारदर्शी बनाउने, स्पेयर पार्टसमा आउने नटवोल्टहरुमा अधिकतम मूल्यसूची के कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनुपर्ने धारणा नाडाले राखेको छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालसँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ।

images
images
images

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दाहालसँग भेटेर पछिल्लोपटक उठेका विभिन्न विषयहरुमा छलफल गरेको हो। 

images
images

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले चैत १४ मा वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ। सो छलफलमा अध्यक्ष चौधरीले सो सूचनामा राखिएको प्रावधानहरुमा केही अस्पष्टता रहेकाले त्यसको स्पष्टताको लागि आग्रह गरे।

images
images

सो छलफलमा अध्यक्ष चौधरीले सवारी साधनहरुको अधिकतम मूल्यसूची प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पार्ट्समा अधिकतम मूल्यसूची राख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनुपर्ने, ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूची लागु गर्ने कि नगर्ने भन्ने विषयमा कानूनी स्पष्टता हुनु पर्ने बताए।

त्यस्तै स्पेयर पार्ट्समा अधिकतम मूल्यसूची अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्य सूचीलाई कसरी पारदर्शी बनाउने, स्पेयर पार्टसमा आउने नटवोल्टहरुमा अधिकतम मूल्यसूची के कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनुपर्ने धारणा नाडाले राखेको छ।

यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउँदै डिजिटल माध्यमबाट स्पेयर पार्टसको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिन्छ, जसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन सकिने बताए।

सो भेटघाट तथा छलफलमा वाणिज्य विभागका महानिर्देशक दहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्यसूची प्रकाशित गर्ने अवधारणा पुरानो भए पनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अधिकतम मूल्यसूचीलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूची स्पष्ट देखिने गरी टाँस्नुपर्ने बताए।

यसैक्रममा महानिर्देशक दाहालले डिजिटल र ननडिजिटल अधिकतम मूल्यसूचीलाई क्यूआर कोडमार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने उल्लेख गरे। छलफलको अन्त्यमा महानिर्देशक दहालले यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए।

उक्त छलफलमा नाडाका निवर्तमान अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्यसमिति सदस्य दिपेन्द्र मिश्रा, प्रकाश कपुरी, सोहन श्रेष्ठ, मेघराज पौडेल, प्रदिपमान प्रधान र आमन्त्रित सदस्य नारायणप्रसाद पौडेलसमेत उपस्थिति थिए।


प्रकाशित : शनिबार, चैत २३ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend