शनिबार, असोज ५ गते २०८१    
images
images

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

images
शुक्रबार, माघ २१ २०७८
images
images
चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण
images
images

काठमाडौं- सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। 

images
images
images

शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताइन्। उनले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताइन्।

मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताइन्। मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताइन्।

images

‘लालपुर्जा नभएको कारणले गर्दा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्था छ। नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि । यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त? यो स्थिति दर्दनाक रहेछ। त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाउँ भन्ने हिसावले तुरुन्तै महोत्तरीको रामगोपालपुर बाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपूर्जा वितरणको थालनी गरेका थियौँ', मन्त्री श्रेष्ठले भनिन् 'त्यसपछि सप्तरी र देशभर नै यो अभियान चलाइयो। यो अभियान अन्तर्गत करिव १२ हजार नागरिकहरू जो आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानूनि रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको थियो। यहाँ यसअघि पनि धेरै जनप्रतिनिधिहरू आए होलान्, यसअघि पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा परेन।’

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुशी व्यक्त गरेका छन्। अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए।

लाभग्राही मध्येकी एक चममाया मगरले भने, ‘अहिलेको सरकारले दियो खुशी लागेको छ। अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि।’

लाभग्राहीहरूले कानूनि रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए 


प्रकाशित : शुक्रबार, माघ २१ २०७८१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend