शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

ओली र मोदीबीच ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिबारे कुराकानी

ओलीले भने - राम्रो कुराकानी भयो, मोदीले भने - भेटघाट फलदायी रह्यो

images
शुक्रबार, चैत २२ २०८१
images
images
ओली र मोदीबीच ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिबारे कुराकानी

भारतीय प्रधानमन्त्री मोदीले पनि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्।

images
images

बैंकक- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन्। 

images
images

भेटवार्तापछि बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, 'म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।' 

images
images

थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो। 

images
images

भारतीय प्रधानमन्त्री मोदीले पनि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्।

'भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं' उनले भनेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।

यसअघि उनीहहरुबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो।


प्रकाशित : शुक्रबार, चैत २२ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend