बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

बैंकक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
images
images
बैंकक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको हो।

images
images

बैंकक- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ।

images
images

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको हो।

images
images

पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले यहाँ पत्रकार सम्मेलन गरेका छन्।

images
images

प्रस्तावमा बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता-जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन्। 

थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए।

नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो।

शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए। रासस


प्रकाशित : शुक्रबार, चैत २२ २०८११४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend