बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

नेपाली ब्राण्डका जुत्ता चप्पलको देश दौडाहा, ५० प्रतिशतसम्म छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
images
images
नेपाली ब्राण्डका जुत्ता चप्पलको देश दौडाहा, ५० प्रतिशतसम्म छुट

बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्री गरिरहेका छन्।

images
images

इटहरी- शुक्रबार इटहरीमा जुत्ता चप्पल मेला उद्घाटन भयो। इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका अध्यक्ष दिवस पोखरेलले औपचारिक रूपमा मेलाको उद्घाटन गरे।

images
images

मेलाको उद्घाटन गर्दै पोखरेलले इटहरीको बजार चलायमान हुने र व्यावसायिक विकासमा टेवा पुग्ने बताए। यस्ता मेला महोत्सवको कारण बजारको चहलपहल मात्र बढ्ने नभई व्यावसायिक ज्ञानको आदानप्रदान समेत हुने धारणा राखे। 

images
images

नेपाली जुत्ता चप्पल उत्पादक संघको आयोजनामा विभिन्न सहरहरूमा मेला भइरहेको छ। इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्रण्डका जुक्ता विक्री भइरहेका छन्।

images
images

बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्री गरिरहेका छन्। 

धरान र उर्लाबारी लगत्तै इटहरी र नारायणघाटमा एकैपटक मेला सञ्चालन भइरहेको छ। इटहरीमा ४० दिन सम्म चल्ने मेलाको सुरुवात देखि नै ग्राहकको भिड लागिरहेको छ। धरानमा ६० लाख र उर्लाबारीमा ५० लाखको कारोबार गरेको मेलाले चन्द्रनिगाहपुरमा पनि सोही अनुपातमा बिक्री गर्‍यो। नेपाली जुत्तालाई बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला विगतका वर्षहरूमा जस्तै देशैभरी चलिरहेको छ। 

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको देश दौडाहा विभिन्न सहरहरूमा पुगिरहेको छ। यसअघि इटहरीमा एक करोड बढीको कारोबार गरेको मेलाबाट यस पटक दुई करोडको अपेक्षा रहेको आयोजकले जनाएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्‍याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको हो। 

jutta mela  (1).jpg

विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण पुनः मेला आयोजना गरिएको मेलाका आयोजक तथा नेपाली जुत्ता उत्पादन संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए।

मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ। उनका अनुसारबाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ।

नेपाली ब्राण्डलाई स्थापित गराउने र बजारमा नेपालको उत्पादनको प्रचार गर्ने मुख्य उद्देश्यले यस्ता मेलाहरू आयोजना गरिएको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, चैत २२ २०८११३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend