शनिबार, मंसिर ८ गते २०८१    
images
images

दोस्रो बजारमा ‘हटकेक’ बन्दै विन नेपाल लघुवित्त, लगातार ९ दिनसम्म सर्किट लाग्दा सेयरमूल्य आकाशियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २२ २०७८
images
images
दोस्रो बजारमा ‘हटकेक’ बन्दै विन नेपाल लघुवित्त, लगातार ९ दिनसम्म सर्किट लाग्दा सेयरमूल्य आकाशियो
images
images

काठमाडौं- लामो समयदेखि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजारमा निरन्तर उकालो लागेर हरेक दिन रेकर्ड बनाइरहेको छ।  

images
images
images

नेपाल सेवा लघुवित्त र विन नेपाल लघुवित्त मर्जरपछि कारोबार खुला भएसँगै हरेक दिन सर्किट लागिरहेको छ। संयुक्त कारोबार सुरु भएको दिनदेखि नै सर्किट लागेको कम्पनीको लगातार पछिल्लो ९ दिन १० प्रतिशतले सेयर मूल्य बढेको छ। 

images

एकीकृत कारोबारपछि प्रतिकित्ता ८४७ रुपैयाँ रहेको थियो। कम्पनीको पहिलो दिन भने १० प्रतिशत बढेको थिएन। त्यसयता ९ दिन १० प्रतिशतले बढेको छ।

images

wean.png

कम्पनीको १० दिनमा १५ हजार ९ सय ७२ कित्ता कारोबार भएको छ। बिहीबारसम्म कम्पनीको  २ करोड ६८ लाख ६५ हजार २ सय ६५ रुपैयाँ ६० पैसाको खरिदबिक्री समेत भएको छ। कम्पनीको सेयर मूल्य १० दिनमा ८४७ रुपैयाँबाट बिहिबार अन्तिम कारोबार १९५९ रुपैयाँमा भएको थियो।

विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख रहेको छ भने बजार पुँजीकरण १४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। 


प्रकाशित : शनिबार, माघ २२ २०७८०१:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend