सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

२४ घण्टामा २५ सय जनामा कोरोना संक्रमण, ८ हजार संक्रमणमुक्त, ५ लाखले लगाए खोप

images
बिजनेस न्युज
images
images
२४ घण्टामा २५ सय जनामा कोरोना संक्रमण, ८ हजार संक्रमणमुक्त, ५ लाखले लगाए खोप
images
images

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार हजार ६ सय ५५ जनाले पिसिआर र ४ हजार ४ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  
 
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ८ हजार ४२५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८६८ पुगेको छ । निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

images
images
images

नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४७० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७८९  पुगेको छ। कूलमा संक्रमण दर १८ दशमलव तीन प्रतिशत छ।

images

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५ लाख १३ हजार ५१ रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४५७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८८ दशमलव दुई रहेको छ।

images

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २४३ रहेको छ। होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३६७ र क्वारेन्टिनमा १३३ जना रहेका छन्।

images
images

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन्।

दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा सिराहा, सप्तरी, पर्सा, बारा, महोतरी, सलार्ही, धादिङ, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १६ हजार तीन, ललितपुर नौ हजार ३५१ र भक्तपुरमा तीन हजार ८२९ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस

images

प्रकाशित : शुक्रबार, माघ २१ २०७८११:१०
प्रतिक्रिया दिनुहोस