मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

यो साता समग्रमा ४० अंकले बढ्यो सेयर बजार, आउने साता के होला?

बिहीबार , चैत २१ २०८१
यो साता समग्रमा ४० अंकले बढ्यो सेयर बजार, आउने साता के होला?

काठमाडौं- लगातार ओरालोतिर देखिएको सेयर बजारमा यो साता भने सुधार देखिएको छ। यो साताको कारोबारमा समग्रमा ४०.०८ अंकले बढेको बजारले सकारात्मक लयतर्फ संकेत गरेको छ। 

यो साता आइतबार २९.८२ अंकले बढेको बजार सोमबार बन्द रहेको थियो भने मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो। बुधबारको कारोबारमा २३.८६ अंकले बढेको बजार बिहीबार ३.३५ अंकले बढेको हो। 

बिहीबार ३.३५ अंकले बढेर २७०३.३९ बिन्दुमा पुगेको बजारमा ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ। 

लामो समयदेखि ओरालोतिर लागेको बजार गएको साता बुधबार ३९.१३ अंक र बिहीबार ४१.६७ अंकले बढेको थियो। त्यही लय समात्दै यो साता पनि बजार सुधारतर्फ नै लागेको हो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ। लगानीकर्ताका विश्वास फर्किँदै जाँदा आउने साता पनि सुधारको सम्भावना देखिएको विश्लेषकहरू बताउँछन्। 

अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , चैत २१ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend