सोमबार, वैशाख १७ गते २०८१    
images
images

सहकारीमा जम्मा गरेको ३५ लाख ६८ हजार ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
images
images
सहकारीमा जम्मा गरेको ३५ लाख ६८ हजार ठगी गर्ने पक्राउ
images
images

काठमाडौं- नेपाल प्रहरीले ३५ लाख ६८ हजार रूपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

images
images
images

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

images

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए।

images

काठमाडौं जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाया र बिगोबमोजिम ३५ लाख ६८ हजार जरिवाना हुने फैसला सुनाएको थियो। पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताए। रासस

images
images

images

प्रकाशित : शुक्रबार, माघ २१ २०७८१०:५७
प्रतिक्रिया दिनुहोस