सोमबार, कात्तिक २६ गते २०८१    
images
images

पेट्रोलमा प्रतिलिटर ५८ रूपैयाँ कर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
images
images
पेट्रोलमा प्रतिलिटर ५८ रूपैयाँ कर

निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रूपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रूपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रूपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रूपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५ सय २२ रूपैयाँ ४९ पैसा पर्छ।

images
images

काठमाडौं- नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रूपैयाँ वृद्धि गरेको छ।

images
images
images

मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १ सय २५ र पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ रूपैयाँ पुगेको छ। यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९ र पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रूपैयाँ पुगेको थियो। इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले उपभोक्तासँग चर्को मूल्य लिएको भन्दै आलोचाना हुने गरे पनि इन्धनको मूल्य उच्च हुनुमा करको हिस्सा बलियो रहेको छ। 

images

पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिने गरेको छ। आइओसीबाट यही फेब्रुअरी १ तारिखका दिन प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रूपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रूपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रूपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रूपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५ सय २२ रूपैयाँ ४९ पैसा पर्छ।

images

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ५८ रूपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रूपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रूपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रूपैयाँ ४४ पैसा र बाह्यमा  १२ रूपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २७३ रूपैयाँ ९४ पैसा कर लिने गरेको छ।

निगमले प्रशासनिक एवं बिक्री खर्च र प्राविधिक नोक्सानीबापत पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ७७ पैसा, डिजेलमा १ रूपैयाँ ३४ पैसा, मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ २८ पैसा, हवाई इन्धनमा एक रूपैयाँ २३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ ६३ पैसा लिने गरेको छ।
 
पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ११ पैसा, डिजेलमा प्रतिलिटर ३ रूपैयाँ ८५ पैसा, मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ ८४ पैसा र हवाई इन्धनमा प्रतिलिटर २ रूपैयाँ ८९ पैसा ढुवानी भाडा लाग्ने निगमले जनाएको छ। बिक्रेताले पेट्रोल बिक्री बारेबापत प्रतिलिटर ५ रूपैयाँ ५५ पैसा, डिजेलको प्रतिलिटर ४ रूपैयाँ ३७ पैसा र मट्टितेलको प्रतिलिटर ४ रूपैयाँ ३४ पैसा र ग्यास कम्पनीले प्रतिसिलिण्डर ३२८ रूपैयाँ २ पैसा मुनाफा पाउँछन्। हवाई इन्धन निगम आफैँले बिक्री गर्ने भएर त्यसमा छुट्टै नाफा राखिएको छैन।
 
खरिद मूल्य, कर, प्रशासनिक तथा बिक्री खर्च, प्राविधिक नोक्सानी, ढुवानी र बिक्रेता कमिसन सबै जोड्दा बिक्री मूल्य भन्दा बढी हुन आउने र सोही रकम घाटाका पमा थपिँदै गएको निगमको भनाइ छ। लागतमूल्य भन्दा बिक्री मूल्य कम हुँदा पेट्रोलियम पदार्थको बिक्रीबाट लगातार नोक्सानी बढ्दै गएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
 
निगमले उपलब्ध गराएको विवरण अनुसार खरिद मूल्यदेखि सबै खर्च जोडेर पेट्रोलको लागत मूल्य प्रतिलिटर १५५ रूपैयाँ २३ पैसा, डिजेलको प्रतिलिटर १३६ रूपैयाँ १३ पैसा, मट्टितेल प्रतिलिटर १०६ रूपैयाँ ८८ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १०५ रूपैयाँ ५० पैसा र बाह्य ९७ रूपैयाँ ६८ पैसा तथा एलपी ग्यासको लागतमूल्य प्रतिसिलिण्डर दुई हजार १३५ रूपैयाँ ८ पैसा पर्न जान्छ। मूल्य बढेपछि पनि अहिले निमगलाई पेट्रोलमा प्रतिलिटर १३ रूपैयाँ २३ पैसा, डिजेलमा ११ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रूपैयाँ ९ पैसा घाटा छ भने मट्टिलमा प्रतिलिटर १८ रूपैयाँ १२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिट १० रूपैयाँ ५० पैसा र बाह्यमा प्रतिलिटर ३२ रूपैयाँ ७२ पैसा नाफा छ।

आगामी १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट दुई अर्ब २३ करोड ५३ लाख घाटा हुने निगमको प्रक्षेपण छ। १५ दिनमा पेट्रोलको बिक्रीबाट ४२ करोड ९६ लाख, डिजेलको बिक्रीबाट एक अर्ब एक करोड चार लाख र एलपी ग्यासको बिक्रीबाट ९९ करोड ५६ लाख घाटा हुने निगमको आँकलन छ।
 
जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा चर्को कर लगाइएको भन्दै आलोचनासमेत हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि कोरोना महामारीका कारण नागरिक आर्थिक चपेटामा परेका बेला राज्यले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउनुपर्ने अधिकारकर्मीको भनाइ छ। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम पदार्थको मूल्य बढेर जनता समस्यामा परेकाले त्यसमा लाग्दै आएको कर घटाएर नागरिकलाई राहत दिइनुपर्ने बताउँछन्।


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend