मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पुन: उकालो लागेको सेयर बजार २७०० को बिन्दुमा

बुधबार, चैत २० २०८१
पुन: उकालो लागेको सेयर बजार २७०० को बिन्दुमा

काठमाडौं- एक दिन घटेको सेयर बजार फेरि बढेको छ। लामो समयदेखि उतारचढावमा रहँदै लगातार तीन दिनको कारोबारमा राम्रो सुधारतर्फ लागेर हिजो मंगलबार घटेकोमा आज बुधबार पुन: बजार बढेको हो।

आज बुधबारको कारोबारमा २३.८६ अंकले बढेर बजार २७००.०४ बिन्दुमा पुगेको छ। ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको बजारमा १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ। 

लामो समयदेखि ओरालोतिर लागेको बजार गएको साता बुधबार ३९.१३ अंक र बिहीबार ४१.६७ अंकले बढेको थियो। बजार यो साता आइतबार पनि २९.८२ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावमा नै देखिन्छ।

अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, चैत २० २०८११५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend