आइतबार, चैत २४ गते २०८१     ४ : २९ : ३५
आइतबार, चैत २४ २०८१
images
images

भारतले २०२४ मा भित्र्यायो हालसम्मकै धेरै १२९.४ अर्ब डलर रेमिट्यान्स

images
बुधबार, चैत २० २०८१
images
images
भारतले २०२४ मा भित्र्यायो हालसम्मकै धेरै १२९.४ अर्ब डलर रेमिट्यान्स

२०२९ सम्म पुग्दा भारतले वार्षिक १ सय ६० अर्ब डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ।

images
images

काठमाडौं- भारतबाट ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि युवाहरू विदेशिएका छन्। सोहीकारण २०२४ मा भारतमा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ। 

images
images

२०२४ मा भारतमा १ सय २९.४ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको भारतीय रिजर्भ बैंक (आरबीआई)ले जनाएको छ। सो वर्षको डिसेम्बर क्याटरमा मात्र भारतमा ३६ अर्ब डलर रेमिट्यान्स आएको हो। 

images
images

भारतले लगातार तीन वर्षयता १ सय अर्बभन्दा धेरै रेमिट्यान्स भित्र्याइरहेको छ। भारत संसारको धेरै रेमिट्यान्स भित्र्याउने देशमा पर्छ। सूचना प्रविधि क्षेत्रको विकासले गति लिएयता भारत विगत २५ वर्षदेखि धेरै रेमिट्यान्स भित्र्याउने देशको सूचीमा रहको छ। 

images
images

भारतमा रेमिट्यान्स बढ्नुको कारण दक्ष जनशक्ति विकसित देशमा जानु नै रहेको छ। उनीहरूले भारतमा रहेका आफ्ना परिवारका लागि ठूलो मात्रामा पैसा पठाउँदै आएका छन्। त्यस्तै खाडी मुलुकमा रोजगारीका लागि जाने भारतीयको संख्या पनि उल्लेख्य रहेको छ। 

रेमिट्यान्स वैदेशिक रोजगारी र विदेशीएका आप्रवासीहरूले स्वदेशमा पठाउने रकमसँग नै जोडिएको हुन्छ। भारतबाट विदेशीनेको संख्या उल्लेख्य रुपमा बढेको छ। १९९० मा भारतबाट ६६ लाख मानिस विदेखिएका थिए भने २०२४ मा आइपुग्दा यो संख्या बढेर १८ करोड ५० लाखभन्दा धेरै पुगेको छ। 

२०२० मा भारतमा ७९.८ अर्ब डलर, २०२१ मा ८६.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै २०२२ मा १ सय ७.५ अर्ब डलर, २०२३ मा १ सय १०.३ अर्ब डलर र २०२४ मा १ सय २९.४ अर्ब डलर रेमिट्यान्स भारतमा आएको थियो। 

२०२४ मा भारतपछि सबैभन्दा धेरै रेमिट्यान्स मेक्सिकोले भित्र्याएको छ। मेक्सिकोले ६८ अर्ब डलर रेमिट्यान्स भित्र्याएको तथ्यांक छ। 

त्यस्तै २०२४ मा चीनले ४८ अर्ब डलर रेमिट्यान्स भित्र्याएको हो। गत वर्ष विश्वभर रेमिट्यान्सको वृद्धिदर १७.४ प्रतिशत रहेको थियो। २०२४ का लागि विश्वभर रेमिट्यान्सको वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरिएको थियो। तर वृद्धि भने उल्लेख्य रुपमा बढेको हो। 

२०२० को तुलनामा भारतको रेमिट्यान्स आप्रवाह ६३ प्रतिशतले बढेको आरबीआईले जनाएको छ। २०२९ सम्म पुग्दा भारतले वार्षिक १ सय ६० अर्ब डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, चैत २० २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend