शनिबार, असोज ५ गते २०८१    
images
images

हिउँ खेल्न चन्द्रागिरि डाँडा पुगे पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
images
images
हिउँ खेल्न चन्द्रागिरि डाँडा पुगे पर्यटक

पहिलोपटक हिउँ पर्दा पनि चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए।

images
images

काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ।

images
images
images

राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा शुक्रबार बिहानैदेखि हिमपात भएको हो। चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो। पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए। शुक्रबार पनि हिउँ खेल्ने पर्यटक बढेका छन्।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।

images

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ। गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो। हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend