काठमाडौं- राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोगमा ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले वस्तु तथा सेवाको व्यवसायिक आय लुकाएर नपाउने खर्चसमेत दाबी गरी कर छलेको भन्दै उक्त कम्पनीविरुद्ध ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ सजायको मागदाबी गरेर मुद्दा दायर गरेको हो।
विभागले माघ १८ गते ब्रिङ मिडिया डिष्ट्रिब्युसनका सञ्चालक चन्द्रबहादुर अधिकारी, अञ्जली अरोरा, ब्रिङ मिडिया डिष्ट्रिब्युसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध मुद्दा दायर गरेको हो।