मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार तीन दिनको कारोबारमा सुधारतर्फ देखिएको सेयर बजार पुन: घट्यो

मंगलबार, चैत १९ २०८१
लगातार तीन दिनको कारोबारमा सुधारतर्फ देखिएको सेयर बजार पुन: घट्यो

काठमाडौं- निरन्तर सुधारतर्फ देखिएको सेयर बजार पुन: घटेको छ। लामो समयदेखि उतारचढावमा रहँदै लगातार तीन दिनको कारोबारमा राम्रो सुधारतर्फ लागेर बजार फेरि घटेको हो। 

लामो समयदेखि ओरालोतिर लागेको बजार गएको साता बुधबार ३९.१३ अंक र बिहीबार ४१.६७ अंकले बढेको थियो। बजार यो साता आइतबार पनि २९.८२ अंकले बढेको थियो। 

सोमबार बन्द रहेको बजार आज मंगलबार भने १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा झरेको छ। ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको बजारमा ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। लगातार तीन दिनको राम्रो वृद्धिको लय बजारले लिन सकेन। 

अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, चैत १९ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend