बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईंले बुझे नियुक्ति पत्र

images
मंगलबार, चैत १९ २०८१
images
images
नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईंले बुझे नियुक्ति पत्र

यसअघिका सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गएको माघ २५ गतेबाट उक्त पद रिक्त रहँदै आएको थियो।

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंले नियुक्ति पत्र बुझेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई मंगलबार नियुक्ति पत्र प्रदान गरेका हुन्। 

images
images

सोमबार बसेको मन्त्रिपरिषदको बैठ्कले नेप्सेको सीईओमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर चापागाईंलाई नियुक्त गरेको हो। झापाका चापागाईंसँग विभिन्न वाणिज्य बैंक र विकास बैंकमा काम गरेको अनुभवसमेत रहेको छ।

images
images

सरकारले यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरेपनि योग्यतामा प्रश्न उठेपछि मुख्य सचिवबाट प्रमाणीकरण गरिएको थिएन। पर्यटन व्यवसायीसमेत रहेका लुईंटलको नाम सिफारिस हुँदा योग्यतामा प्रश्न उठ्दै आलोचना हुनसक्ने भएपछि सरकारले अर्को नियुक्ति गर्ने निर्णय गरेको हो। 

images
images

यसअघिका सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गएको माघ २५ गतेबाट उक्त पद रिक्त रहँदै आएको थियो।  


प्रकाशित : मंगलबार, चैत १९ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend