मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सरकारले चुडामणि चापागाईंलाई बनायो नेप्सेको सीईओ

मंगलबार, चैत १९ २०८१
सरकारले चुडामणि चापागाईंलाई बनायो नेप्सेको सीईओ

काठमाडौं- सरकारले चुडामणी चापागाईंलाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठ्कले नेप्सेको सीईओमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर चापागाईंलाई नियुक्त गरेको हो। 

झापाका चापागाईंसँग विभिन्न वाणिज्य बैंक र विकास बैंकमा काम गरेको अनुभवसमेत रहेको छ।

सरकारले यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरेपनि योग्यतामा प्रश्न उठेपछि मुख्य सचिवबाट प्रमाणीकरण गरिएन।

पर्यटन व्यवसायीसमेत रहेका लुईंटलको नाम सिफारिस हुँदा योग्यतामा प्रश्न उठ्दै आलोचना हुनसक्ने भएपछि सरकारले अर्को नियुक्ति गर्ने निर्णय गरेको हो। 

यसअघिका सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गएको माघ २५ गतेबाट उक्त पद रिक्त रहँदै आएको थियो। 


प्रकाशित : मंगलबार, चैत १९ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend