शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लाभांश दिने समयमै हकप्रदका कारण लगानीकर्ताले शिखर इन्स्योरेन्सको सेयर सस्तो मूल्यमै पाउने

images
शुक्रबार, माघ २१ २०७८
images
लाभांश दिने समयमै हकप्रदका कारण लगानीकर्ताले शिखर इन्स्योरेन्सको सेयर सस्तो मूल्यमै पाउने
images
images

काठमाडौं- हकप्रद दिन लागेको शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। कम्पनीको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन गराएको हो।

images
images
images

कम्पनीले लाभांश पनि केही समयभित्रै घोषणा गर्न लागेको छ। समायोजन मूल्यमा सेयर किन्नेले सस्तो मूल्यमा सेयर किनेर पनि लाभांश पाउने छन्। 

images
images

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १५५०.७७ रूपैयाँ रहेको छ। समायोजन अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८६ रहेको थियो।

images
images

कम्पनीले  कम्पनीले हकप्रद निष्काशनको लागि आज माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो। माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २० गते कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन्।  

कम्पनीले  १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रूपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend