बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

घट्यो इन्धनको मूल्य

images
सोमबार, चैत १८ २०८१
images
images
घट्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

images
images

सोमबार मध्यराति १ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।

images
images

आयल निगमनका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटेको छ।

images
images

त्यस्तै निगमले हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको जनाएको छ।

खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको छ।

मूल्य घटेसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४६.५० रुपैयाँ, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।


प्रकाशित : सोमबार, चैत १८ २०८१२१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend