बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

घरघरै खानेपानी आएपछि खहरेवासी हर्षित

images
सोमबार, चैत १८ २०८१
images
images
घरघरै खानेपानी आएपछि खहरेवासी हर्षित

यहाँ विगतमा एउटै टोलका २० वटा घरधुरीले एउटै धारामा पानी खाँदै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर-घरमै खानेपानी पुर्‍याइएको छ।

images
images

बन्दीपुर- तनहुँको भानु नगरपालिका-३ खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित भएका छन्। लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौँ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी घर-घरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका हुन्।

images
images

खानेपानीको समस्या झेल्दै आएका खहरे, दोरदोरटार र चिप्लेटीका स्थानीय घरघरै धारा जडानपछि नाम्लो र डोको बोक्नुपर्ने बाध्यता हटेको बताउँछन्। आयोजनाको नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँको अधिकांश ठाउँमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले १० वर्षसम्म निरन्तर गाउँलेसँग सहयात्रा गरी विभिन्न निकाय धाउँदै अहिले निर्माण सम्पन्न भएकोमा खुसी लागेको बताए।

images
images

आयोजना सम्पन्न भएपछि खहरेलगायत गाउँका तीन सय ८४ धुरीमा खानेपानीको धारा जडान गरेपछि पानीको समस्या झेल्नु परेको छैन। प्रशस्त पानी आएपछि स्थानीय तरकारीखेती गर्न थालेको चिप्लेटी खहरे खानीपानी आयोजनाका अध्यक्ष टीकाराम श्रेष्ठले बताए।

images
images

यहाँ विगतमा एउटै टोलका २० वटा घरधुरीले एउटै धारामा पानी खाँदै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर-घरमै खानेपानी पुर्‍याइएको छ। डिभिजन खानेपानी कार्यालय तनहुँको दुई करोड ५० लाख रूपैयाँको लगानीमा दोरदोरबाट दुई वटा ट्यांकीमा पानी ल्याइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए।

भानु नगरपालिका-३ खहरेकी स्थानीयवासी दिलसरा गुरूङले खुसी व्यक्त गर्दै अब पानी बोक्न टाढा जानुपर्दैन र घरघरमै पानी आउनाले सजिलो बनाएको बताइन्।

त्यसैगरी, सोममाया श्रेष्ठले पनि पानी घरमै आउन थालेपछि आफ्नो धेरै पहिलेदेखिको बाध्यता हटेको सुनाउँदै भनिन्, 'पानीको लागि लामो समय पर्खनुपर्दैन, अब सबै कुरा सहज छ। राति नै गएर पानीको लागि लाइन बस्नु पर्दैन, समय बचत भएपछि अहिले किराना व्यवसायतर्फ पनि समय दिन थालेको छु र त्यसबाट केही पैसा आम्दानीसमेत हुन थालेको छ।'

स्थानीय अप्सरा तामाङलाई पहिले पानी लिन बिहानै उठेर घण्टौँ लाइनमा बस्नुपर्थ्यो, तर अब घरमै पानी आएसँगै, उनलाई त्यस्तो समस्याको सामना गर्नुपर्ने छैन। 'पहिले बिहानको समय नै यति धेरै जान्थ्यो, अब छिट्टै पानी पाइन्छ,' उनले भनिन्।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले बताए।

गाउँमा खानेपानी आएपछि उपभोग गर्न पाएपछि स्थानीय बासिन्दामा उत्साह थपिएको छ। खानेपानी समितिले संघ संस्था विद्यालय अस्पताल ज्येष्ठ नागरिक भवनलगायतलाई निःशुल्क पानी उपलब्ध गराएको छ। रासस


प्रकाशित : सोमबार, चैत १८ २०८११६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend