शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

जाल्पा लघुवित्तको आईपीओ खुला, उत्कृष्ट सूचक रहेको कम्पनीको ओपनिङ काराेबार नै ११३९ रूपैयाँ हुनसक्ने

images
शुक्रबार, माघ २१ २०७८
images
जाल्पा लघुवित्तको आईपीओ खुला, उत्कृष्ट सूचक रहेको कम्पनीको ओपनिङ काराेबार नै ११३९ रूपैयाँ हुनसक्ने
images
images

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ जारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो। 

images
images
images

४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ। कम्पनीको अधिकृत पुँजी  पच्चिस करोड रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी सोह्र करोड हुनेछ। 

images
images

कम्पनीको सेयर पुँजी ७ करोड, रिजर्भमा ७ करोड ७४ लाख, खुद ब्याज आम्दानी ११ करोड ३८ लाख, संचालन आम्दानी १३ करोड ६७ लाख, संचालन मुनाफा २ करोड २४ लाख, खुद नाफा १ करोड ७५ लाख र संचित मुनाफा २ करोड ८० लाख रहेको छ। 

images
images

आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी १० करोड ७८ लाख, जेग्दा तथा कोषहरु (रिजर्भ) ३७ करोड ७१ लाख, खुद ब्याज आम्दानी २५ करोड ९५ लाख, संचालन आम्दानी ३२ करोड ३६ लाख, संचालन मुनाफा ९ करोड ५६ लाख र खुद मुनाफा १० करोड ४३ लाख रहेको छ।

आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ९६.७५ रुपैयाँ रहेको छ। आर्थिक वर्ष ८०/८१ मा कम्पनीले आफ्नो प्रतिसेयर आम्दानी ११२.८७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। आर्थिक वर्ष ८०/८१ मा कम्पनीले आफ्नो प्रति सेयर नेटवर्थ ४९३.६२  रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७८ पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १० करोड ७८ लाख, रिजर्भमा ३६ करोड ५७ लाख, खुद ब्याज आम्दानी १७ करोड ७२ लाख, संचालन आम्दानी २२ करोड ९२ लाख, संचालन मुनाफा ६ करोड १५ लाख, र खुद नाफा ५ करोड ८० लाख रहेको छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ। कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम  रेन्ज पाउन सक्छ।


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend