बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

कृषि कम्पनी विर्तामोडले ८ महिनामा बिक्री गर्‍यो १५ हजार मेट्रिकटन रासायनिक मल

images
सोमबार, चैत १८ २०८१
images
images
कृषि कम्पनी विर्तामोडले ८ महिनामा बिक्री गर्‍यो १५ हजार मेट्रिकटन रासायनिक मल

यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन्।

images
images

झापा- कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिकटन रासायनिक मल किसानलाई बिक्री गरेको छ।

images
images

झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए। उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिकटन रासायनिक मल पठाएको थियो। अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ।

images
images

जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिकटन डीएपी र चार हजार ८५ मेट्रिकटन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

images
images

जिल्लामा चालु आवका लागि ११ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिकटन डीएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो। 

किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण बैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए। 'माग धान्ने गरी हामीसँग रासायनिक मल छैन', प्रमुख राजवंशीले भने, 'स्टक राखिएको मल पनि सकिन लाग्यो, बैशाखसम्म धान्न सक्छ।' थप रासायनिक मल बैशाखमा मात्र आउने बताइएको छ । 

चालु आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए। उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए। उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए।

यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, चैत १८ २०८११४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend