आइतबार, भदौ २३ गते २०८१    
images
images

भारतका लागि वार्षिक १ हजार नयाँ व्यावसायिक पाइलट आवश्यक पर्ने

images
शुक्रबार, माघ २१ २०७८
images
images
भारतका लागि वार्षिक १ हजार नयाँ व्यावसायिक पाइलट आवश्यक पर्ने

त्यस्तै गरि भारतमा २०२० मा ५ सय ७८ वटा र २०१९ मा ७ सय ४४ वटा सीएलपी जारी भएको थियो।

images
images

काठमाडौं- भारतका लागि वार्षिक १ हजार नयाँ पाइलट आवश्यक पर्ने सरकारी अध्ययनले देखाएको छ। २०२१ मा ८ सय ६२ जनाले व्यावसायिक पाइलटको लाइसेन्स (सीएलपी) लिएका थिए।

images
images
images

त्यस्तै गरि भारतमा २०२० मा ५ सय ७८ वटा र २०१९ मा ७ सय ४४ वटा सीएलपी जारी भएको थियो। हवाई क्षेत्र विस्तार हुँदै भएकाले व्यावसायिक पाइलटको आवश्यकता बढ्दै गएको हो।

भारतका लागि हरेक वर्ष १ हजार नयाँ व्यावसायिक पाइलट आवश्यक भएको सरकारी अध्ययनले देखाएको हो। हाल भारतीय हवाई क्षेत्रमा वार्षिक २ देखि ३ सय पाइलट आइरहेको सिभिल एभिएसन स्टेट मिनिस्टर भीके सिंहले बताएका हुन्। 

भारतमा फ्लाइङ ट्रेनिङ अर्गनाइजेसन (एफटीओ) को संख्या ३५ वटा रहेको छ। भारतको हवाई क्षेत्रमा उल्लेख्य वृद्धि भएकाले पाइलटको आवश्यकता बढ्दै जाने अनुमान गरिएको छ। 

images

भारतको हवाई क्षेत्रको आम्दानी समेत बढ्दै गएको छ। भारतको उड्डयन मन्त्रालयका अनुसार २०२१ अप्रिलदेखि सेप्टेम्बरको आवधिमा हवाई क्षेत्रको आम्दानी २० हजार ६ सय ९० करोड भारु पुगेको छ। जबकी गत वर्षको सोही अवधिमा यो आम्दानी ११ हजार ८ सय १० करोड भारु थियो।   


प्रकाशित : शुक्रबार, माघ २१ २०७८१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend