मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुधारतर्फको गति लिँदै सेयर बजार, लगातार हरियाली

आइतबार, चैत १७ २०८१
सुधारतर्फको गति लिँदै सेयर बजार, लगातार हरियाली

काठमाडौं- सेयर बजारले पुन: सुधारतर्फको लय देखाएको छ। लामो समयदेखि उतारचढावमा रहँदै ओरालो गतितिरै बढी देखिएको बजार लगातार तीन दिनको कारोबारमा राम्रो सुधारतर्फ लागेको हो।

गएको साता बुधबार ३९.१३ अंकले बढेको बजार बिहीबार ४१.६७ अंकले बढेको थियो। यो साता आइतबार पनि बजारमा राम्रो सुधार देखिएको छ। आइतबार २९.८२ अंकले बढेर बजार २६९३.१२ बिन्दुमा पुगेको छ। ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको बजारमा २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार ५३.०४ अंकले घटेको बजार सोमबार २६.१० अंकले बढेको थियो भने मंगलबार पुन: ५८.०५ अंकले घटेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको थियो। तीन दिनको राम्रो वृद्धिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। 

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। पछिल्ला तीन कारोबारको वृद्धिपछि लगानीकर्ता केही उत्साहित देखिन्छन्। 


प्रकाशित : आइतबार, चैत १७ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend